अण्डाको मूल्य बढ्यो
चितवन | फागुन १२, २०८१
चितवन: आजैदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।
मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को रु तीन सय ९०, ठूलो अण्डा रु चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य रु चार सय २५ पुगेको छ ।
यसअघि मध्यम अण्डा प्रतिक्रेट रु तीन सय ५०, ठूलो अण्डा रु तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट रु तीन सय ८५ रहेको थियो । यो फार्म मूल्य हो ।
बजारमा अण्डाको माग बढेको र लागतसमेत बढी रहेकाले मूल्य बढाउनुपरेको अध्यक्ष पोखरेलको भनाइ छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

